(१) नेपाल सरकार, रक्षा मन्त्रालय (कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर्स कार्यालय) ले काठमाडौं उपत्यकाभित्र प्रत्येक ३।३ महिनामा र उपत्यका बाहिर प्रत्येक ६।६ महिनामा कर्मचारीहरुलाई जंगी अड्डा तथा सो मातहतका बाहिनी, युनिट, सव–युनिट, डिपो, विभाग तथा
अड्डाहरुमा खटाई आन्तरिक लेखापरीक्षण गराउनेछ र त्यसको प्रतिवेदन प्राप्त भएपछि आवश्यक परेमा पुन जाचबुझ गरी गराई आन्तरिक लेखापरीक्षण गराउने प्रबन्ध मिलाउनेछ ।
(२) आन्तरिक लेखापरीक्षण गर्दा सो गर्ने लेखापरीक्षकले जंगी अड्डा तथा सो मातहतका बाहिनी, युनिट, सव–युनिट, डिपो, विभाग तथा अड्डाका कुनै अधिकृत तथा जवानद्वारा सरकारी धन हिनामिना वा दुरुपयोग गरेको देखिन आएमा तत्कालै त्यसको लिखित सूचना सम्बन्धी गफलत गर्ने अधिकृत तथा जवानभन्दा माथिल्लो तहको अधिकृत कहा दिनुपर्छ, र त्यस्तो सूचना प्राप्त भएपछि सो माथिल्लो अधिकारीले आफूलाई भइरहेको अख्तियारी बमोजिम तत्कालै गफलत गर्ने अधिकृत तथा जवानमाथि कारबाही गरी त्यसको सूचना नेपाल सरकार, रक्षा मन्त्रालय ( कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर्स कार्यालय) मा पठाइ दिनुपर्छ ।